Logo

नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण पुष्टि, ८७०४ निको भए



Spread the love

२३ माघ, काठमाडौँ । नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। योसँगै नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्