Logo

महाभारतमा भीमको भूमिकामा अभिनय गरेका प्रवीण कुमारको निधन



Spread the love

२५ माघ, एजेन्सी । चर्चित टेलिभिजन शो महाभारतमा भीमको भूमिका निर्वाह गरेका प्रवीण कुमारको निधन भएको छ । सोमबार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उनले महाभारतमा अभिनय गरेको भीमको भूमिकाले उनलाई ठूलो चर्चा दिएको थियो । अभिनेताका साथै उनी खेलाडी पनि थिए । सन् १९६६ र १९७० मा भएको एसियन गेम्समा उनले पदक समेत जितेका थिए ।

उनको ७५ वर्षको उमेरमा अशोक विहारमा निधन भएको बताइएको छ । उनको मृत्युको हृदयघात भएको स्वास्थ्यकर्मीहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्