Logo

गुल्मीमा जंगली जनावरको आक्रमणबाट एक जना घाइते



Spread the love

फागुन, गुल्मी । गुल्मीमा जंगली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपलिका १ उजुङका ५५ वर्षीय खेत बहादुर खत्री घाइते भएका हुन् ।

आज बिहान ७:३० बजे उजुङको जङ्गलमा उनलाई जंगली जनावरले आक्रमण गरेको स्थानीय रोशन कुँवरले जानकारी दिए ।

स्थानीयले उनलाई पाटे बाघले आक्रमण गरेको भने तापनि यस विषयमा जिल्ला वन कार्यालय गुल्मीले पुष्टि गरेको छैन । जंगली जनावरबाट आक्रमण भएको तर पाटे बाघ, चितुवा वा अरु जंगली जनावार हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए ।


जंगली जनावारको आक्रमणबाट घाइते भएका खत्रीको तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्