Logo

एमसीसीको विपक्षमा मतदान गर्न संसदलाई र जनतालाई सडकमा उत्रन गुल्मीका राजनीतिक दलको अपिल



Spread the love

११ फागुन, गुल्मी । एमसीसीको विपक्षमा मतदान गर्न गुल्मीका ६ राजनीतिक दल सहित एक मोर्चाले संसदलाई चेतावनी सहित अपिल गरेका छन् । बुधबार सदरमुकाम तम्घासमा बसेको ६ राजनीतिक दल र एक मोर्चाले बैठकले यस्तो अपिल गरेको हो ।

‘अहिले हाम्रो देश नेपालमा अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध जनमत सिर्जना भइरहेको छ । विश्वमा सामाज्वादको बाटोमा अगाडि बढिरहेको अमेरिका गरिब मुलुकहरुको फाइदा उठाउदै नेपालमा पनि जबर्जस्ती एमसीसी पास गराउने तर्फ उन्मुख छ ।’ अपिलपत्रमा भनिएको छ ‘प्रतिपक्ष दल एमालेले आफ्ना धारणा सार्वजनिक नगर्नु र काङ्ग्रेस, समाजवादी जस्ता पार्टी जसरी पनि पास गर्नु पर्छ भन्ने निर्णयले नक्कली राष्ट्रवाद छवि छर्लङ्ग भएको छ ।’

विगतका राष्ट्रघाती सम्झौता स्मरण गर्दै प्रतिनिधि सभाका सदस्य संसदलाई एमसीसीको विपक्षमा मतदान गर्न अपिल गरिएको छ । ‘यदि नागरिकको भावना विपरीत कुनै सम्झौता गरिए त्यसको ठुलो मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिन चाहन्छौँ । साथै गुल्मेली जनसमुदायहरुलाई एमसीसीको विरुद्ध संघर्षमा उत्रनको लागि अपिल गर्दछौं ।’ बुधबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।


अपिल पत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्की,नेकपा (एकीकृत समाजवादीका) उपाध्यक्ष राम मल्ल ठकुरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, नेकपा (क्रान्तिकारी) माओवादीका केशव अधिकारी, नेकपा मसालका ओमेन्द्र कुवर, नेपाल कम्युनिस्ट पाटीका शिभ भुसाल,देशभक्त जनगणतन्त्राकीक मोर्चाका टीकाराम रानालेले हस्ताक्षर गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्