Logo

चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने



Spread the love

२२ फागुन, काठमाडाैँ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ ।

मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिसकेको छ । बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि फायर हाइड्रेन्ट प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै फायर हाइड्रेन्ट जडानसमेत सुरु गरिएको जानकारी दिए । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप था विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने फायर हाइड्रेन्ट सञ्चालनमा ल्याउन लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्