Logo

दमाैलीमा भीषण आगालागी, हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रण लिने प्रयास



Spread the love

२२ फागुन, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहेका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताए । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उनले भने । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्