Logo

रेल दुर्घटना हुँदा कम्तीमा ६० व्यक्तिको मृत्यु



Spread the love

२९ फागुन, एजेन्सी । लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियोे ।

भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ । जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्