Logo

‘पीरले’ महिलाको चरित्र हत्या गरेको आरोप



Spread the love

३० फागुन, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) निकट केही भ्रातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त भिडियोका कतिपय प्रस्तुति आपत्तिजनक भएको भन्दै ती सङ्गठनहरुले सम्बद्ध व्यक्ति तथा निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्