Logo

देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि, कसैले गुमाएनन् ज्यान



Spread the love

३० फागुन, काठमाडाैँ । सोमबार मुलुकभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५३९ पिसिआर र १८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर १४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्