Logo

देशभर बढे कोरोना संक्रमित, शुक्रबार कति थपिए ?



Spread the love

४ चैत, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५९२ पिसिआर र ३३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्