Logo

कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा विद्यालय तहको वार्षिक परीक्षा स्थगित



Spread the love

६ चैत, एजेन्सी । श्रीलङ्कामा करीब ४५ लाख विद्यार्थीले वार्षिक परीक्षा दिन नपाउने भएका छन् । त्यहाँको सरकारसँग कागज खरिदका लागि पर्याप्य पैसा नभएपछि विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको हो ।

यही सोमबारदेखि त्यहाँ विद्यालय तहको वार्षिक परीक्षा हुने तय भएको थियो । तर, सरकारसँग पर्याप्त पैसा नभएपछि परीक्षा नै स्थगित गर्नु परेको छ ।

सन् १९४८ मा स्वतन्त्रता पाएको श्रीलङ्का अहिलेसम्म कै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ ।

सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेको छ । जसका कारण देशभरका पसलहरूमा लामो लाइन लागेको अल जजिरामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्