Logo

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



Spread the love

७ चैत, चितवन । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।

माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्