Logo

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी



Spread the love

१५ चैत, काठमाडाैँ । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवसायी बताउँछन्।

कोरोना महामारीले गर्दा करिब दुई वर्ष सीमा नाकाहरू बन्द थिए। भारतीय गाडी नेपालमा देखिन छाडेका थिए। उक्त समय भइपरि आएको काममा पनि नेपाली नम्बरकै गाडीहरूको प्रयोग गर्नुपर्ने बाध्यता थियो। तर, हाल नाकाहरू खुलेपछि भन्सार तिरेर भारतीय निजी सवारी धनीहरूले गाडी नेपाल ल्याउने र यहाँ भाडामा प्रयोग गर्ने गरेका छन्। भारतीय गाडी दिनभरि राख्यो भने ३५ सयदेखि ४ हजार रुपैयाँसम्म भाडा र तेलको दाम तिरे पुग्छ।

तर, नेपाली गाडी प्रयोग गर्दा एक दिनको ५ हजारदेखि ६५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुँदा सस्तो भाडाको लोभमा विदेशी नम्बर प्लेट प्रयोग गर्नेको संख्या बढेको हो। ‘हामीलाई त साहूले जसकोमा खट्न भन्यो त्यहाँ गएर गाडी चलाउँछौं’, विहारबाट भारतीय गाडी लिएर आएका सवारी चालक मनोजकुमार शर्माले भने, ‘गाडीको भाडाबापत कति लिने हो त्यो कुरा मालिकले नै तय गर्छन्।’

निर्वाचन प्रचार–प्रसारमा भारतीय गाडीको प्रयोग बढेपछि नेपाली गाडी भएका व्यापारीहरूको व्यापार स्वतः प्रभावित भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्