Logo

फोहोरको थुप्रोमा सालनालसहितको नवजात शिशुको शव फेला



Spread the love

१७ चैत, काठमाडाैँ । काठमाडाैँमा एक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ । काठमाडाैँको सेतोपुलमा थुपारिएको फोहोरमा सालनालसहितको शिशुको शव फेला परेको हो ।

बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्