Logo

अर्जै स्वास्थ्य चौकीमा सुरु भयो एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सुविधा



Spread the love

२२ चैत, गुल्मी । मालिका गाउँपालिका ६ अर्जैमा रहेको अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सुविधा सुरु भएको छ ।
सोमबार देखी स्वास्थ्य चौकीमा औपचारिकताका साथ स्वास्थ्य सेवा सुरु गरिको हो ।


अर्जै स्वास्थ्य चौकीका प्रमुख खिमराज पोख्रेल वडा, अध्यक्ष शोभाखर गिरी लगायतले डाक्टर राम निलेस चौधरीलाई स्वास्थ्य चौकीमा स्वागत गरेका थिए ।


अब अर्जै स्वास्थ्य चौकी बाट खकार,रगत,दिशापिसाब जाच, एक्सरे तथा भिडियो एक्सरे सहितको स्वास्थ्य सुविधा प्रदान गरिने वडा अध्यक्ष गिरीले बताए ।

साथै अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा सुरु भए पछि सामान्य स्वास्थ्य सेवाको लागी तम्घास जानु पर्ने बाध्यताता यस क्षेत्रका जनताको हटेको छ ।


भौगोलिक रुपमा दुर्गम मानिने अर्जैले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । जिल्लामै पहिलो पुर्ण संस्थागत प्रसुति वडा घोषणा भएको अर्जैले ‘स्वास्थ्य नै अर्जैको समृद्धि’ भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्