Logo

मालिकामा यसरी मिल्यो सत्ता गठबन्धनबिच भागबन्डा



Spread the love

२२ चैत, गुल्मी । मालिका गाउँपालिकामा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति सङै भागबन्डा समेत मिलेको छ ।


गाउँपालिका अध्यक्ष सहित दुई वटा वडा अध्यक्ष माओवादीको भागमा परेका छन् भने उपाध्यक्ष सहित ६ वडा काङ्ग्रेसको भागमा परेको बताइएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीलाई विभिन्न वडामा वडा सदस्य दिइने बताइएको छ ।


गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नेता देवीराम अर्यालको पक्कापक्की जस्तै भएको छ भने काङ्ग्रेसले उपाध्यक्षमा टुंगो लगाउन सकेको छैन ।


त्यस्तै वडा नम्बर ८ र ३ मा माओवादी केन्द्रले वडाअध्यक्ष पाएको छ भने अन्य वडामा काङ्ग्रेसले वडा अध्यक्ष पाएको छ ।


मालिका ८ बाट वडा अध्यक्षमा सुर्य बहादुर जिसी वडा अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।भने सदस्यमा सबै पाटीलाई मिलाएर लैजाने नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष सागर गिरीले बताए ।

आजै गठबन्धनले मालिका ४ अर्खाबाङमा गठबन्धनको चुनावी घोषणा कार्यक्रमको आयोजना गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्