Logo

पनौतीमा ‘विहावर पर्यटन महोत्सव’ हुँदै



Spread the love

१० बैशाख, २०७५-पनौति।
देशमा अहिले संविधान घोषणा र भर्खरै सम्पन्न स्थानीय तथा प्रदेश एवम् प्रतिनिधि सभाको चुनाव भएको अवस्था छ। त्यसपछि भएको सरकार गठन र राष्ट्रलाई समृद्ध बनाउने कुरा पनि चलिरहेको छ। यो अभियानलाई विभिन्न क्षेत्रबाट सहयोग, सद्भाव र समृद्ध राष्ट्र निर्माणको बाटो तर्फ लैजाने अभिप्रायले विभिन्न स्थानमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना भईरहेका छन् । यस अवधीमा काभ्रे जिल्लामा पनि विभिन्न खालका महोत्सवहरु सम्पन्न भएका छन् । यसैबीच राष्ट्रलाई थप समृद्ध बनाउन पनौती क्षेत्रको कुशादेवी विहावरमा पर्यटन महोत्सव आयोजना गरिएको छ ।


अहिले देश विकासको मूल आधार कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको अवस्था छ । यी दुवै क्षेत्रमध्ये कृषि र पशुपालनमा धेरै नै सम्भावना पनि छ। यहाँबाट तरकारी, फलफुल एवं दुग्धजन्य पदार्थको उत्पादन गरि यो क्षेत्र नजिकका पनौती बजार, बनेपा, भक्तपुर र काठमाडौमा निरन्तर निर्यात हुदै आइरहेको छ । पर्यटनको सन्दर्भमा यो क्षेत्रको प्रचुर सम्भावनालाई महोत्सवले थपप्रचार प्रसार गराउने उदेश्य रहेको आयोजकले बताएका छन्। महोत्सव सम्पन्न गराउन यस क्षेत्रका समाजसेवी क्याप्टेन रामेश्वर थापाको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको र महोत्सव २०७५ बैशाख १५ गते शुरु भई १७ गते समापन हुने आयोजकले जानकारी दिएका छन्।

आयोजकका अनुसार, महोत्सवको पहिलो दिन २०७५ बैशाख १५ गते विहान ८ बजे हाइकिङ (पनौती नगरपालिका वडा नं ३ चालिसेबाट शुरु भई पुछारी हुदै गुर्दुम पुग्ने र साथमा स्थानीय खैजडी भजन र झाक्री नाच सहितको झाँकीहरुको प्रस्तुती) हुने, सोहि दिनको दिउसो १२ बजे प्याराग्लाइडिङ कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमको पर्यटन मन्त्री रविन्द्रप्रसाद अधिकारी र सूचना तथा सञ्चार राज्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। २०७५ बैशाख १६ गते विहान ८ बजे हाफ म्याराथुन (पनौती नपा वडा नं ३ पशुपति मन्दिरबाट शुरु भइ सिम्लाबोट, रानीकोट, लाकुरी भन्ज्याङ, मानेदोभान हुदै कुशादेवी मन्दिरमा आएर समापन) हुनेछ । २०७५ बैशाख १७ गते विहान ८ बजे साइक्लिङ (पनौतीनपा वडा नं २ कुशादेवीमन्दिरबाट शुरु भइपर्खालचौर, मानेदोभान, खानीडाडा, लठ्ठाभन्ज्याङ, लाँकुरीभन्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपतिमन्दिर हुदै कुशादेवी मन्दिरमा समापन) हुनेछ । महोत्सवको तिनै दिन पनौती वडा नं २ र ३ को संयुक्त कार्यालय अगाडिको चौर कुशादेवीमा विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछन् । सांस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय कला संस्कृतिको समेत प्रवद्र्धन गर्ने उदेश्यले बैशाख १५–१७ सम्म ३ दिने विहावर क्षेत्र पर्यटन महोत्सवको आयोजना गरिएको छ । महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुन यो महोत्सवको मूख्यआकर्षण हुन् । स्थानीय खैजडी भजन, झाक्रीनाँच, लोकदोहरी, कन्सर्टका साथ मा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण हुन ।

महोत्सवमा कुशादेवी मावि प्राङ्गणमा स्थानीय सामग्रीहरु, कृषि उत्पादन, स्थानीय जडिबुटि, स्थानीय घरेलु उत्पादनका स्टलहरु राखिनेछन् ।कुशादेवी विहावर क्षेत्र आफैमा पर्यटकिय र कृषिको सम्भावना बोकेको क्षेत्र हो । समुद्र सतहबाट करिब २७०० मिटर अग्लो फुलचोकी जैविकविविधता, क्लाउड फरेष्ट, पंक्षिअवलोकन (२८० प्रजातिका चराचुरुङ्गीको वासस्थानमानिएको), चितुवा, बनेल, मृग, सालक, दुम्सी, बन विरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका जंगली जनावरले यस भेगलाई थप रमणीय बनाएको छ । जिल्लाको पनौती नगरपालिको पश्चिमतर्फ अवस्थित बीस गाउँ विहावरका नामले प्रख्यात क्षेत्र हो । प्राचिन कालदेखि नै काठमाडौ उपत्यका प्रवेशको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा यो भेगको उपयोग भएको कुरा विभिन्न तथ्यहरुले देखाउछन् । काठमाडौबाट करिब एक डेढ घण्टामा नै यो क्षेत्रको प्रवेश विन्दुमा पुग्न सकिन्छ ।


यसका अलावा यस क्षेत्र र आसपासका क्षेत्रमा विभिन्न आकर्षणहरु रहेका छन् जसको उचित प्रर्वद्धन गर्न सक्दा विहावर भेग र समग्र पनौती नगरपालिकाका स्थानीयवासीहरुको आम्दानीको स्तर अभिवृद्धि गर्न सहयोग पुग्न सक्ने आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्