Logo

प्रचण्डका भाइ राष्ट्रियसभामा सदस्यमा मनोनित



Spread the love

२६ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन् । यसअघि उनी वाग्मती प्रदेश अध्यक्षसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्