Logo

पाँचखपनका नगर प्रमुखले फिर्ता गरे सरकारी गाडी



Spread the love

२६ चैत, संखुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफुले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरे । राईले प्रयोग गर्दै आएको को१झ ५४० नंको स्कार्पियो गाडी फिर्ता गरेका हुन् ।

शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस्