Logo

राजनीतिक परिवर्तनमा मुस्लिम समुदायको उल्लेखनीय भूमिका छ : मन्त्री विष्ट



Spread the love

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न संघर्षका क्रममा मुसलमान समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन्।   नेकपा एमाले निकट मुस्लिम इतेहाद संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुसलमानका अधिकारलाई संरक्षण गरी राज्यको मूल धारमा ल्याउन सरकार प्रतिबद्ध बताएका छन्। कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुनले सबै समुदायका परम्परासँग जोडिएका सार्वजनिक बिदा कटौती नगर्न सरकारलाई आग्रह गरे। यसैबीच संगठनको केन्द्रीय समितिको बैठक सोमबारदेखि सुरु भएको छ। मंगलबारसम्म हुने उक्त बैठकमा मुसलमान समुदायका धार्मिक पर्व तथा संस्कृतिसँग सम्बन्धित बिदा तथा सो समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिताका अवस्थालगायत विषयमा छलफल गरिने छ। सरकारले हालै इद, बकर इद र मोहम्मद दिवसमा कटौती गरेको छ। केन्द्रीय कार्यसमितिमा ९१ सदस्य रहेको उक्त संगठनमा करिब २० हजार सदस्य रहेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्