Logo

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार



Spread the love

३ वैशाख, काठमाडाैँ । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् ।

उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्