Logo

स्वर्गीय सुजन कंवरका बुवालाई सल्यान रुकुम यातायात व्यवसायी समितिद्वारा रोजगारी



Spread the love

११ बैशाख, सल्यान- स्वर्गीय सुजन कंवरका बुवा बल बहादुर कंवरलाई सल्यान रुकुम यातायात व्यवसायी समितिले रोजगारी प्रदान गरेको छ ।

सल्यान शारदा नगरपालिका वडा नम्बर १२ का सुजन कंवरको लागि सल्यानी युवा संजालले ७,००,६९४। -(रु. सात लाख छ सय चौरानब्बे मात्र) संकलन गरेर पीडित परिवारलाई उपलब्ध गराएको थियो । बालकलाई बचाउन सबै प्रयास गरिएको पनि अन्ततः दु:खद निधन भएको थियो ।

कंवरको निधन पछि शोकमा डुबेको परिवारको आर्थिक अवस्था एकदमै नाजुक बन्दै गएको थियो ।

सल्यानी युवा संजालले सल्यान रुकुम यातायात व्यवसायी समितिलाई रोजगारीको लागि विशेष आग्रह गरेपछि  समितिले उनलाई रोजगारी दिने निर्णय गरेको छ। अफ्ट्यारोमा परेकालाई सधैं सहयोग गर्दै आएको सल्यान रुकुम यातायात व्यवसायी समितिलाई धन्यवाद ज्ञापन गर्दै  सन्जालले समितििको सफलताको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्