Logo

छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न



Spread the love

बसन्त पौडेल
तुलसीपुर १६ भदौ

पिडीत सेवा संघ दाङले तुलसीपुर कारागारमा रहेका कैदीवन्दिका वालवालीकालाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरीएको छ ।
पिडीत सेवा संघ दाङका अध्यक्ष टोप वहादुर महतराको अध्यक्षता तथा तुलसीपुर नगरपालीकाका सुचना अधिकारी झरेन्द्र खरेलको प्रमुख आतिथ्यता एवं शान्ति समाज दाङका सभापती सुरेष श्रेष्ठको सिवशिष्ठ आतिथ्यतामा छात्रावृत्ति वितरण गरीएको हो ।

कैदीवन्दिका ३६ जना वालवालीकालाइ १ लाख ३ हजार ८ सय नगद र वालवालीकाको स्वास्थ्य तथा सरसफाईका लागी आवस्यक सामाग्रि टवेल, टुथपेष्ठ, सावुन लगाएत शैक्षिक सामाग्री गरी १ लाख वरावरको जिन्सि सामान ४२ जना वालवालीकालाई सहयोग गरीएको छ ।
प्रमुख अतिथी तुलसीपुर नगरपालीकाका सुचना अधिकारी झरेन्द्र खरेलले कार्यक्रमलाई आर्थीक पारदर्शिताका साथै सवैको विश्वास जिती सकारात्मक वाटोमा लाग्न अग्रह गर्नु भएको थियो भने आफ्ना वालवालीकालाई वावु आमाले नै हेरचाहामा निरन्तरता दिन नसकिरहेको अवस्थामापनि पिडीतसेवा संघले यस्ता कार्यक्रम सञ्चालन गर्नु उदाहरणीय काम भएको वताउनुृ भएको थियो ।

सहयोग कार्यक्रममा वोल्ने वक्ताहरुले पिडत सेवा संघले गरेको कार्यप्रति प्रसंसा गरेका थिय भने आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन । कार्यक्रममा रेडीयो हाम्रा पहुँचका कार्यक्रम संयोजक बसन्त पौडेल, समाजसेवी गिता महतरा, अभिभावक गोवर्धन विक लागएतकाले वोल्नु भएको थियो।
मानव अनुग्रह सेवा दाङका कोषाध्यक्ष गिता देवकोटको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सल्यान कारागार संयोजक सन्तोष चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्