Logo

उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित कर्मचारी घुस रकम सहित पक्राउ



Spread the love

१२ चैत, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला मालपोत कार्यालयकी प्रमुख लेखा अधिकृत पनेरु महत पक्राउ परेकी छिन् । महतलाई अख्तियारले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

आईतबार अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएको हो ।

उनले बुबाको नाममा रहेको जग्गा छोराको नाममा पास गरिदिए बापत सेवाग्राहीबाट घुस लिएकी थिइन् । उनलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

पनेरु महत यही बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित भएकी थिइन् । सम्मान ग्रहण गरेको १० दिन पनि नबित्दै घुससहित पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्