Logo

विवाह भएको १०० वर्षपछि संसारकै सबैभन्दा जेष्ठ मानिसको मृत्यु



Spread the love

१२ वैशाख, एजेन्सी । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।

उनि जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेका थिए । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनि बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदा उनले बोर्ड गेम्समा रमाउथिन् भने हिसावका प्रश्नोत्तर लेख्दै बस्थिन् । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिन् । उनले बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् ।खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्