Logo

को हुन् सशस्त्रको एआईजीमा बढुवा भएका अर्याल ?



Spread the love

१४ वैशाख, काठमाडाैँ । सरकारले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।

४ वैशाखमा बसेको गृह मन्त्रालय बढुवा समिति सचिवालयको डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको थियो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) बन्ने पक्का भएको थियो । हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।

पेसाप्रति निडर, इमानदार र व्यावसायिक छवि बनाएका ४८ वर्षीय अर्याललाई बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । उनी अब ६ दिन मात्र एआईजी रहनेछन् । सशस्त्र प्रहरी बलको २१ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो समय एआईजी बनेर महानिरीक्षक बन्ने उनी पहिलो व्यक्ति हुनेछन् । साथै सशस्त्र प्रहरीको इतिहासमै सबैभन्दा कम उमेरमा महानिरीक्षक बन्ने व्यक्ति पनि उनी नै हुनेछन् ।

२३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले चारवटा विषयमा स्नातकोत्तर गरेका छन् । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानुनमा उनले स्नातकोत्तर गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्