Logo

आइसेक इन काठ्माण्डौको नेतृत्वमा बाल कलाकार कार्यक्रम आयोजना हुँदै।



Spread the love

“AIESEC ” दोस्रो विश्वयुद्ध पछि १९४८ मा स्थापना भई “Peace and Fulfillments of Humankind’s Potential ” को लक्ष लिई अघि बढिरहेको र हालसम्म विभिन्न ११० भन्दा बढी देशहरूमा सञ्चालन हुँदै आएको तथा युवा व्यक्तिहरूको अन्वेषण र नेतृत्व विकासका निम्ति सहयोग गर्ने विश्वकै सबैभन्दा ठुलो युवा नेतृत्वको संस्था हो।

“बालबालिकाको कलाले बालबालिकाहरूको विकास र मनोवैज्ञानिक मुद्दाहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ।” भन्ने यथार्थ लाई आत्मसात् गर्दै यही वैशाख १७ गते बृहस्पति विद्या सदन विद्यालयमा बालकलाकार कार्यक्रमको आयोजना हुन गइरहेको छ। आइसेकले उक्त कार्यक्रममा अधिकार प्राप्त र वञ्चित बालबालिकाहरूलाई एकै ठाउँमा राखी कला प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ भने उक्त कार्यक्रममा बालबालिकाको दिगो विकाश र कम समानतालाई विशेष जोड दिने बताइएको छ।

फरक फरक ठाउँबाट, फरक फरक परिस्थितिमा हुर्किरहेका फरक किसिमका बालबालिका हरूलाई एकै ठाउँ राख्न सक्नु आफैमा एक चुनौती हो तर चुनौतीका बिच नै अवसर देख्ने आइसक काठ्माण्डु को टिमले उक्त कार्यक्रम आयोजनाको लागि कुनै कसुर बाँकी राखेको छैन। कार्यक्रमको माध्यम बाट व्यक्तिको कला लाई उसको रहन – सहन  वा परिस्थितिले फरक पार्दैन, हामि सबै समान हो भन्ने संदेश प्रवाह गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको आइसेक काठमाण्डौले जनाएको छ। 

सेन्चुरी, भाव, किड्स इनसाइडर, अर्गानिक गार्डेन, विक्की स्टेशनरी र एस्ट्रेकको सहयोग रहेको उक्त कार्यक्रमको मुख्य विषयवस्तु भने दिगो विकास लक्ष्यहरू मध्यको एक “कम असमानता” रहेको आयोजकले जनाएको छ।  कार्यक्रममा जुनसुकै भेष, भूषा तथा धर्म – संस्कृतिका बालबालिकाले उपस्थिति जनाउन सक्नेछन् भने उत्कृष्ट कला प्रदर्शन गर्नेले विशेष पुरस्कार समेत पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्