Logo

जनता र राष्ट्रको उज्ज्वल भविष्यका लागि गठबन्धन : कांग्रेस नेत्री राणा



Spread the love

२० वैशाख, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चितताका लागि पाँच दलीय गठबन्धन गरिएको बताएकी छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले कुनै व्यक्तिको हित रक्षाका लागि नभएर नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्यका लागि गठबन्धन गरिएको बताइन् । उनले भनिन्, “यो गठबन्धन विभिन्न विचार धाराका दलहरूको साझा घरजस्तै बनेको छ ।”

यसअघिको सरकारका असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन पनि विभिन्न विचारका दलबीचको सहकार्य भएको नेत्री राणाले बताइन् । “हाम्रोजस्तो जातीय विभेदले जकडिएको समाजमा दलित समुदायको प्रतिनिधिका रूपमा उपमहानगरपालिकाको नगरप्रमुख नृपबहादुर वड बन्ने विषय आफैँमा महत्त्वपूर्ण हो,” उनले थपिन्, “उपमहानगरपालिकामा दलित समुदायको प्रमुख बन्ने विषय सामाजिक रुपान्तरण र हरेक दृष्टिले पछाडि पारिएका वर्ग–समुदायको अधिकार रक्षाको द्योतक पनि हो ।”

प्रतिक्रिया दिनुहोस्