Logo

भारतका प्रधानमन्त्री र जर्मनीका चान्सलर बीच भेटवार्ता



Spread the love

२० वैशाख, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मनीका चान्सलर अलाफ स्कोल्जका बीचमा भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणमा आएका मोदीले भ्रमणको पहिलो दिन सोमबार बर्लिनमा स्कोल्जलाई भेटेका हुन् ।

उनीहरूका बीचमा भारत—जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षले भेटवार्ता अत्यन्त फलदायी भएको दावी गर्दै आगामी दिनमा आपसी सम्बन्ध र सहकार्यमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ । सोमबार बिहान युरोप प्रस्थान गरेका प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमण गर्ने तालिका रहेको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नेछन् । सोमबार जर्मनी पुगेका प्रधानमन्त्री मोदी त्यसपछि क्रमशः डेनमार्क र फ्रान्सको भ्रमण गर्ने विदेश सचिव क्वात्राले बताए ।

प्रतिक्रिया दिनुहोस्