Logo

गुल्मीमा तीन जना महिलाले दिए अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी



Spread the love

२१ वैशाख, गुल्मी । गुल्मीमा एक अध्यक्ष र दुई उपाध्यक्ष पदमा महिलाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिलाको स्वतन्त्र उम्मेदवारी परेको हो । त्यस्तै, मदाने गाउँपालिकामा पनि उपाध्यक्ष पदमा एक महिलाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ ।


मालिका गाउँपालिकाको अध्यक्ष पदमा निर्मला रेग्मी र उपाध्यक्ष पदमा लक्ष्मी कुमारी अर्यालको उम्मेदवारी दर्ता गरेका छन् भने मदाने गाउँपालिकाको उपाध्यक्ष पदमा राधा रायमाझी केसीले उम्मेदवारी दर्ता गराएकी छन् ।


साथै जिल्लाका अन्य स्थानीय तहबाट खुल्ला तथा दलित महिला सदस्यमा सात जना महिलाहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय गुल्मीले उल्लेख गरेको छ ।

संविधानले अध्यक्ष वा उपाध्यक्ष पदमा एक जना महिलाको सहभागी अनिवार्य गरेतापनि दलिय गठबन्धन तथा दलहरूको चुनाव जित्ने दाउपेचका कारण गुल्मीमा यो पटक महिलाहरु पुरुषसँग प्रतिस्पर्धा गर्न बाध्य छन् ।


जिल्लाको मालिका, मदाने, धुर्कोट, कालीगण्डकी ,चन्द्र्कोट र छत्रकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा महिलाहरु उपप्रमुखको लागि पुरुषसँग प्रतिस्पर्धा गर्दैछन् ।


२ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा चार सय ८९ पदको लागी एक हजार दुई सय ४३ जना सदस्य चुनावी मैदानमा होमिदै छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्