Logo

चीनमा भवन भत्किँदा ५३ जना को मृत्यु, १० जनाको उद्धार



Spread the love

२४ वैशाख, एजेन्सी । चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ ।

देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३.०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए ।

खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

आवासिय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए ।

प्रतिक्रिया दिनुहोस्