Logo

शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध



Spread the love
1877486a

२४ वैशाख, डोटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । बुडर इलाका प्रहरी कार्यालयका अनुसरा शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए ।यसैगरी शुक्रबारको हावाहुरीका कारण जिल्लाका दजनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्