Logo

देशभर १४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त



Spread the love

२४ वैशाख, काठमाडाैँ । शनिबार मुलुकभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७१६ जनामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्