Logo

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा परिवारलाई २० लाख सहयोग दिइने



Spread the love

२६ वैशाख, काठमाडाैँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षामा खटिएको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई बीस लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री गहतराजले जानकारी दिए ।

त्यस्तै, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ । यस्तै, हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्