Logo

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन



Spread the love

२७ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिइन् ।

यसअघि उनि तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परिन् । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्