Logo

उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता, जेठ ३ गते मतदान



Spread the love

२८ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्