Logo

किरियापुत्रीले पनि गरे मतदान



Spread the love

३१ वैशाख, रूकुम । रुकुम(पूर्व) जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुरास्थित एकै घरका चार जना किरियापुत्रीले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचनको मतदानमा गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरीकुमारी शाहले रुक्मिणी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

१०३ वर्षीय वृद्धद्वारा मतदान

सोही गाउँपालिका–५ का १०३ वर्षीय लक्ष्मण खत्रीले मतदान रुक्मिणी माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट नाति सुशील केसीको सहारामा मतदानस्थलमा मतदान गरेका हुन् ।

त्यसैगरी सिस्ने गाउँपालिका–६ की ९७ वर्षकी चन्द्रकुमारी शर्माले पनि माइला छोरा टीकाराम शर्माको साथमा मतदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्