Logo

जब थाह नदिई अर्काले भोट हालिदिए…



Spread the love

३१ वैशाख, दाङ । घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न ४ बजेतिर मतदान केन्द्र पुगिन् । त्यही बेला पानी पर्यो, रुझ्दै मतदान केन्द्र प्रवेश त गरिन् तर उनले मत भने हाल्न पाइनन् । उनलाई निर्वाचनका लागि खटिएका कर्मचारीले मत हालिसकेको भन्दै फिर्ता गरिदिए।

तर अमृताले भने मत हालिसकेकी थिइनन् । उनले कर्मचारीसमक्ष अनुरोध पनि गरिन् । तर उनको नाममा मत हालिसकेको भन्दै कर्मचारीले मान्दै मानेनन् । नभन्दै उनको नाममा अरू कसैले मत हालिसकेको रहेछ। ‘पानीमा रुझ्दै भोट हाल्ने भनेर आएँ, तर मैले भोट हाल्नै पाइनँ,’ उनले भनिन्, ‘मेरो नाममा अरू कसैले पहिले नै भोट हालिसकेछ। ५ वर्षपछि मताधिकार प्रयोग गर्ने अवसर थियो उनलाई। आफ्नो मतले आउँदो ५ वर्षका लागि जनप्रतिनिधि चुन्ने योजना तुहिएपछि अमृतामा आक्रोश देखिन्थ्यो, अनि असन्तुष्टि पनि उत्तिकै । मेरो नामबाट अर्कैले भोट हाल्न मिल्छ भने यो कस्तो चुनाव हो ?’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्