Logo

नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता



Spread the love

१ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गरेका छन् । प्रारम्भिक मतपरिणाम अनुसार उनले ४१० मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाएका छन् । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गरेका छन् । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्ना सम्पन्न भएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो पार्टीका उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाउनुभएका छन् । एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र कांग्रेसकी सङ्गीता सुवेदीले २५१ मत पाएकी छन् ।

जिल्लाको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई हजार सात मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका रामचन्द्र मौर्यले ५८८ मत प्राप्त गरेका छन् ।

जसपाका इस्तियाक अहमद साहले ५५७ मत प्राप्त गरेका छन् । एमालेकी पदमावती यादवले ४१० मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा कांग्रेसकी अतिकुन निसाले ४६९ मत प्राप्त गरेका छन् । एमालेका पञ्चराम यादवले ४४२ मत प्राप्त गर्दा जसपाकी जयन्तिदेवी श्रीवास्तवले ३०५ मत प्राप्त गरेकी छन् ।

राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ८८ मत गणना हुँदा अध्यक्ष पदमा सोही पार्टीका उम्मेदवार थारुले एक हजार ८१८ मत प्राप्त गरेका छन् । कांग्रेसका तप्तबहादुर पौडेलले एक हजार ७४८ मत प्राप्त गरेका छन् ।

माओवादीका उम्मेदवार पट्टु थारुले ८९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिए ।

उपाध्यक्ष पदमा एमालेकी चमेली बागवलले एक हजार ८३४ मत प्राप्त गरेकी छन् । कांग्रेसकी मनिषासिंह थारुले एक हजार ७३६ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रकी मञ्जु रोकायले ७३८ मत प्राप्त गरेको जनाइएको छ । खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै रारेका छन् । सो पालिकामा नेपाली कांग्रेस र माओवादीकाबीच गठबन्धन बनेको थियो । अहिलेसम्म एक हजार ६०७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका सुमन मल्लले ९४१ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार डम्बर विक तुफानले ५८० मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा एमालेकी ताजरुन निसाले ८२६ र गठबन्धनका तर्फबाट कांग्रेसकी मञ्जु मल्लले ६७४ मत प्राप्त गरेका छन् ।

जिल्लाको डुडुवा गाउँपालिकामा एमालेकी सरोजकुमारी यादवले १४३ मत पाउँदा कांग्रेसका नरेन्द्रकुमार चौधरीले कूल १४० मत प्राप्त गरेका छन् । जसपाका भण्डारीलाल यादवले ४४ मत गर्दा माओवादीले १० मत प्राप्त गरेको छ । डुडुवाको उपाध्यक्ष पदमा एमालेले १४३ र कांग्रेसले १३१, जसपाले ४३ तथा माओवादीले ११ मत प्राप्त गरेको छ ।

वैजनाथ गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् । एक हजार २०० मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाएका छन् ।

एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार सोही पार्टीकी प्रेमपूर्ण योगीले ३३१ मत पाएका छन् । जिल्लाको जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँले अग्रता कायम राखेका छन् ।

मत गणनाको सुरुआत चरणमै अग्रता लिँदै आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५८० मत गणना हुँदा उनले ६०८ मत प्राप्त गरेका छन् । जसपाका राजीव वर्माले ३६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका उम्मेदवार हिमान्सु यादवले १६६ मत पाएका छन् । उपाध्यक्ष पदमा कांग्रेसकी रामप्यारी यादवले ५९३ मत पाउँदा उपाध्यक्ष पदमै माओवादीका रक्षाराम बर्माले १६९ र एमालेकी भूमिसरा धितालले १०१ मत प्राप्त गरेका छन् । जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले प्राविधिक कारण र जनशक्ति पनि कम भएका कारण मतगणनामा ढिलाइ भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्