Logo

काठमाडाैँमा अग्रता बढाउँदै बालेन, १ हजारभन्दा बढी मतले पछि परे स्थापित



Spread the love

१ जेठ, काठमाठाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । आइतबार ११ बजेसम्मको अपडेट अनुसार बालेन १०३० मतले अघि छन् ।

त्यस्तै, नेकपा एमालेबाट मेयरमा उठेका केशव स्थापित दोश्रो स्थानमा रहेका छन् । बालेनले २४५७ मत पाउँदा स्थापितको भने १४२७ मत रहेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसकी सिर्जना सिंहको ११६८ मत रहेको छ। अहिले राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्