Logo

बालेनले मेयरमा जित्छन् कि जित्दैनन् भन्दै २८ किलोको खसी बाजी !



Spread the love

१ जेठ, काठमाडाैँ । बालेन शाहले काठमाडाैँ महानगरपालिकाको मेयरमा जित्छन् भन्दै खसी बाजी राखेको पाइएको छ।

खोटाङको मझुवागढी नगरपालिका वडा नं. ५ का विजय फुँयाल र सोही ठाउँमा बस्ने रमेश खड्काबीच कागज गरेर खसीको बाजी राखेका हुन्। उक्त कागज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उक्त कागजमा उल्लेख भए अनुसार स्वतन्त्र उम्मेदवार बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त ताैलको खसी बराबरको रकम दिने सहमति भएको छ।

उक्त कागजमा तीन जनाले साक्षी बसेको प्रमाण सहित हस्ताक्षर पनि गरेका छन्।

अहिले काठमाडाैँ महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबारदेखि सुरू भएता पनि मतगणना प्रारम्भिक चरण मै रहेको छ।

जस अनुसार स्वतन्त उम्मेदवार करीब १ हजार भोटले अघि छन्। बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्