Logo

देशभर ७ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त



Spread the love

२ जेठ, काठमाडाैँ । सोमबार मुलुकभर थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७८५ जनामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्