Logo

बालेन शाहको हारजीतमा २८ किलोको खसी बाजी राख्ने २ जना पक्राउ



Spread the love

२ जेठ, खोटाङ । बालेन शाहको हारजितलाई लिएर बाजी राख्ने २ जना पक्राउ परेका छन् ।

प्रहरीले बालेन शाहको हारजितमा २८ किलो खसी बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।

उक्त लिखित कागज हिजोदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । उक्त कागजमा विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

कागजमा लेखिए अनुसार बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने शर्त छ ।

जुनसुकै कुरामा बाजी राख्नु गैरकानुनी भएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्