Logo

केशव स्थापितभन्दा ४५ सय मतले अगाडी बालेन



Spread the love

३ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ५०१ मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६०५ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १०४ मत पाएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४८३ मत पाएकी छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्