Logo

भव्यताका साथ सम्पन्न भयो बालकलाकार-२०२२



Spread the love

३ जेठ, काठमाडाैँ । काठमाडौँमा बालकलाकार २०२२ भव्यताका साथ सम्पन्न भएको छ । गत अप्रिल ३० तारिखमा एआइएसइसीको आयोजकत्वामा काठमाडौँमा यो कार्यक्रम सम्पन्न भएको हो ।

यस कार्यक्रमका लागि बृहस्पति विद्यासदन प्रमुख शैक्षिक पार्टनरको रूपमा रहेको थियो । त्यस्तै, विकी स्टेशनरी, अर्गानिक गार्डेनले खाना, भिएएभी ज्ञान तथा एस्ट्रेक वाल क्लाइम्बिङ र क्यानभासो नेपाल गिफ्ट पार्टनरका रूपमा रहेका थिए ।

बृहस्पति स्कुलमा आयोजित यस कार्यक्रम प्रत्येक व्यक्तिको कलात्मकतालाई मनाउने उद्देश्यले डिजाइन गरिएको विशेषाधिकार प्राप्त र विपन्न विद्यार्थीहरूका लागि कला प्रतियोगिता थियो।

बिहान १०ः२० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा पाँचवटा निजी विद्यालय र एउटा अनाथालयका १०० भन्दा बढी प्रतिभाशाली बालबालिकाहरूले (“मेरो सपना“ को विषयवस्तुमा कला बनाउने) समूहमा मिलेर कलात्मक आकृतिहरू रचेका थिए ।

यस कार्यक्रममा काठमाडौँका सनवे, नामी, काठमाडौँ स्कुल अफ ल तथा नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट लगायत कलेजका १८ जना स्वयंसेवी परिचालित थिए । यो रचनात्मक प्रतियोगिता भिएएभी सामाजिक भावनात्मक कल्याणद्वारा प्रदान गरिएको ’च्भकष्ष्भिलअभ’ नामक सत्रद्वारा पछ्याइएको थियो।

कार्यक्रममा सहभागी बालबालिकाका लागि अर्गानिक गार्डेनले स्वस्थ तथा स्वादीष्ट भोजन खुवाएको थियो ।

अन्तमा, सबैले आफ्नो कलाकृतिको लागि गरेको प्रयासको कदर गर्न सबै कलाकृतिहरू सुन्दर ढंगले प्रदर्शन गरिएको थियो। उनीहरुको चित्रकलाको मूल्याङ्कन त्रिभुवन विश्वविद्यालयबाट ललितकलामा स्नातकोत्तर गरेकी भिजुअल आर्टिस्ट सरिता डंगोल र उनकी छोरी सुदीक्षा डङ्गोलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्