Logo

अर्थमन्त्रीद्वारा प्रि बजेटको छलफलसम्बन्धी प्रस्ताव पेस



Spread the love

३ जेठ, काठमाडाैँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका छन् ।

बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ को उपनियम (३) को व्यवस्थालाई निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त प्रस्ताव सांसद अनिता देवकोटाले सदनमा पेस गरेका थिए । उक्त प्रस्तावलाई सांसद गोपीबहादुर सार्की अछामी र प्रमिला कुमारीले समर्थन गरेका थिए ।

राष्ट्रियसभामा आजको पहिलो बैठकमा आसनबाट उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दोस्रो बैठकमा भने विरोध गरेन । एमालेका प्रमुख सचेतक देवेन्द्र दाहालले बैठक नियमित ढङ्गबाट बैठक सञ्चालन गर्न दिने गरी अवरोध खुलाएको र पार्टीको माग भने कायमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्