Logo

प्रधान सेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता



Spread the love

४ जेठ, काठमाडाैँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा मंगलबार भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्तापश्चात् फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यामप्रसाद ढकालसँग भेटघाट गरेका थिए । साथै उनिहरुले महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमणसमेत गरेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्