Logo

५.६ म्याग्निच्युडको भूकम्प



Spread the love

४ जेठ, एजेन्सी । जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् ।

“ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँदा भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

जमिनको सतहबाट १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।

जापानमा बेला बेलामा साना ठूला सयौँ भूकम्प जाने गरेका छन् भने जापानले निर्माण गरेको बलियो भौतिक संरचनाका कारण यहाँ विरलै ठूलो मानवीय क्षति हुने गर्छ ।

यद्यपि भूकम्पपछिको सुनामीका कारण जापानमा भूकम्पका कारण हुने क्षति बढी खतरनाक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्