Logo

हावाहुरीले सिंहदरबारमा एक कर्मचारीकाे मृत्यु



Spread the love

५ जेठ, काठमाडाैँ । सिंहदरबारमा एक जना कर्मचारीको मृत्यु भएको छ । बुधबार हावाहुरीले सिंहदरबारभित्र रुखकाे हाँगा भाच्चिई खसेर लाग्दा २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।

मृत्यु हुने पाल्पा रम्बा गाउँपालिका-५ घर भएका व्यक्ति हुन् । उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचककाे रूपमा कार्यरत थिए।

हावाहुरीका कारण भाँच्चिएको रूखको हाँगाले टाउकोमा लाग्दा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार्कीकाे शव पाेस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्