Logo

नेपालले लगातार तेश्रो हारसँगै युगान्डालाई सुम्पियो सिरिज



Spread the love

५ जेठ, काठमाडाैँ । नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पाहुना टोली युगान्डासँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै युगान्डाले दुई खेलअगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता बनाएको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन ।

बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन भने रुबिना क्षेत्री र इन्दु वर्माले समान एक÷एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको योगफल बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन । त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले ४ रन जोड्दा रोमा थापा र डोली भट्टले समान ३÷३ रन जोडिन । सबनम राई र इन्दु बर्माले १÷१ रन जोडिन ।

बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई÷दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक÷एक विकेट लिए । पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले भोलि युगान्डासँग चौथो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्